अशोक बुद्ध लामा
काभ्रेको रोशी गाउँपालिकाले अपांगता भएको व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । उनीहरुलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती बर्तौलाले एक कार्यक्रमका बीच परिचयपत्र वितरण गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष बर्तौलाले आफूहरु जतिखेर पनि जनताप्रति समर्पित हुँदै आएको बताइन् ।
त्यस्तै अधिकृत धनबीर तामाङले सरकारले अपंगता भएको व्यक्तिहरुलाई दिइएको सुविधाबाट कोही पनि बन्चित हुन नहुनेमा गाउँपालिका सचेत रहेकोब ताए ।

सो कार्यक्रममा ‘क’ बर्गका १८ जना, ‘ख’ वगतका ६ जना र ‘ग’ वर्गको २ जना गरी २६ जनालाई उक्त परिचयपत्र वितरण गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।