नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नोपल भोली (शनिबार) काभ्रे आउने भएका छन् । एकीकृत समाजवादी पार्टीको जिल्ला कार्यालय उद्घाटन गर्न अध्यक्ष नेपाल काभ्रे आउन लागेका हुन् ।

सोही अवसरमा दशैं र तिहारको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा समेत नेपाल सहभागी हुने जिल्ला सचिव दिपक गौतमले जानकारी दिए ।

सचिव गौतमका अनुसार शनिबार विहान ११ बजेबाट कार्यक्रम शुरु हुने छ । कार्यक्रम अरनिको पार्टी प्यालेसमा हुने उनले जानकारी दिए ।

एकीकृत समाजवादीले रेडक्रस चोकमा पार्टी कार्यालय स्थापना गरेको छ ।

कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, बुद्धिजीवी, पत्रकार, कार्यकर्ता र सर्वसाधारणलाई समेत निमन्त्रणा पठाएको आयोजकले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।