काभ्रेका पुराना माओवादी नेता चलाख सिं दोङले सिंहदरबार पुगेर आफ्नो पार्टीका दुई मन्त्रीलाई भेटेका छन् । सामान्य र कष्टप्रद जीवन विताइरहेका नेता दोङले शुक्रबार एकैदिन २ जना मन्त्रीलाई भेटेका हुन् ।

आफ्ना सहकर्मीहरु मन्त्री हुँदा समेत उनले आजसम्म कुनै पनि मन्त्रीलाई भेट्न पाएका थिएनन् । सिंहदरबार समेत पस्न पाएका थिएनन् । तर अर्थमन्त्री जनार्दन शर्मा र उर्जा मन्त्री पम्फा भुसाललाई नेता दोङले सिंहदरबार भित्र छिरेर भेटेका छन् ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको सुरुवातमा निक्कै चर्चामा रहेका उनी करिब ४ वर्ष जेल जेल जीवन विताएका थिए ।

७० वर्षिय पुराना नेता तामाङले शुक्रबार दुवै मन्त्रीहरुसँग दिल खोलेर कुरा गरेका छन् । दिल मात्र खोलेनन् उनले आफ्नो जिल्लामा विकास निर्माणको लागि बजेटको व्यवस्था गर्न समेत माग गरेका छन् ।

सबैभन्दा पहिला उनले जनताको मन जित्न आग्रह गरे । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद गंगाबहादुर तामाङलाई लिएर पुगेका उनले सहिदको रगत, घाइते, बेपत्ता योद्धाहरुको सपना साकार पार्दै आम जनताको हृदय जितेर काम गर्न अनुरोध गरे ।

७० वर्षको उमेरमा समेत निक्कै जोस र उमंग बोकेर पुगेको नेता दोङले काभ्रेको बिकास निर्माणमा विशेष जोड दिन मन्त्रीद्वयलाई अनुरोध गरे । साथै उनले काभ्रेको विभिन्न स्थानमा बजेटको व्यवस्था गर्न समेत आग्रह गरे ।

उनले तेमालको बाटो छिटो पिच हुनु पर्ने, तेमालका खानेपानीको योजनाहरु सम्पन्न गर्नु पर्ने, कोशीपारीको बाटो पिच हुनुपर्ने, डाँडापारीको विद्युतीकरण छिटो सप्पन्न हुनुपर्ने, डाँडापारीको बाटो पिच हुनु पर्ने लगायतका योजनाहरु मन्त्रीद्वयलाई पेश गरेका थिए ।

मन्त्रीद्वय भुसाल र शर्माले दोङको सल्लाहसुझावलाई आत्मसात गर्ने र विकास निर्माणको कामहरुमा छिट्टै पहल लिएर बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

Comments

comments