तेमाल अनलाइनका सह–सम्पादक चुडामणि तिमल्सिना माथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका वडा नंं १, च्याम्राङबेसीका सुदर्शन तिमल्सिनाले पत्रकार तिमल्सिनालाई कुटपिट गरिएको हो ।

प्रेस सेन्टर, काभ्रेका जिल्ला सदस्य समेत रहेका तिमल्सिनाले केही दिन अघि सडक निर्माणको क्रममा भएको भ्रष्टचारको समाचार लेखेका थिए । यसै विषयलाई लिएर स्थानीय सुदर्शनले उनी माथि आक्रमण गरिएको थियो । ‘मेरो विरुद्धमा समाचार लेख्छस् ?’ भन्दै पत्रकार तिमल्सिना माथि आक्रमण गरिएको थियो । आक्रमणबाट उनको आँखामा चोट पुगेको छ ।

घट्ना प्रति पत्रकारहरुले विरोध गरिएको छ भने दोषीमाथि कार्वाहीको माग गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।