काभ्रे जिल्लामा जबरजस्ती करणीका फरार एक प्रतिवादीलाई ८ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा साविक चलालगणेशस्थान गाविस वडा नं. ०५ भई हाल बेथानचोक गाउँपालिका वडा नं. ०४ घर हुने वर्ष ४२ को रामहरी महत रहेका छन् ।

प्रहरीका अनुसार उनलाई धुलिखेल नगरपालिका वडा नं. ७ बाट बुधबार पक्राउ गरिएको हो ।

उनलाई २०७० साल भदौ २६ गतेका दिन ललितपुर जिल्ला अदालतले जबरजस्ती करणी अन्तर्गत १० बर्ष कैद हुने फैसला सुनाएको थियो ।

उनलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि बुधबार नै काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलमा पेश गरीएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।