काभ्रे जिल्लामा तीन दर्जन वडामा बाहेक सबै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । देशैभरि एकै साथ वडा अधिवेशन गर्ने क्रममा एमालेले आज १ सय वडामा मात्र अधिवेशन सम्पन्न गरेको हो ।

पार्टी विभाजनको असर परेपछि अधिवेशन गर्न नसकेको बताएको छ । सक्रिय कार्यकर्ता र स्थानीय नेताको अभावमा यस्तो भएको बुझिएको छ । एक नेताका अनुसार कार्यकर्तामा असन्तुष्टि बढेपछि अधिवेशन गर्नै समस्या भएको हो ।

‘हिजो सरकारमा हुँदा हामीलाई कसैले वास्तै गरेनन् । सुविधा जति नेता र मन्त्रीको वरिपरि रहेकाह?ले लिए ।’ एक जिल्ला स्तरीय नेताले भने, ‘पहिला नेताह? सच्चिनुप¥यो । चापलुसी, गुलामी गर्ने र त्यसको संरक्षण गर्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’

कहाँ–कहाँ भयो अधिवेशन ?

एमाले कार्यालयका अनुसार जिल्लाका ६ नगर र ७ गाउँपालिकाका १ सय ३५ वडा मध्ये एक सय वडामा वडा अधिवेशन सकिएको छ । बाँकी वडाह?मा पनि चाँडै नै अधिवेशन गर्ने बताइएको छ ।

एमाले जिल्ला सचिव नारायण पाण्डेका अनुसार बनेपा, धुलिखेल, मण्डनदेउपुर र पनौती नगरपालिकाका सबै वडा अधिवेशन सकिएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर ४ बाहेक सबै वडा अधिवेशन सकिएको छ । नमोबुद्ध नगरपालिकाको ८, ९, १० र १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ ।

७ वटा गाउँपालिका मध्ये भुम्लु गाउँपालिकाको १० र तेमाल गाउँपालिकाको ९ वटै वडामा अधिवेशन सकिएको छ । चौरीदेउराली गाउँपालिकाको वडा नम्बर ९ बाहेक अन्य सबै वडामा सकिएको छ ।

रोशी गाउँपालिकाको १२ वटा वडा मध्ये ३, ४, ८, १० र १२ नम्बर वडामा अधिवेशन हुन बाँकी छ ।
बेथानचोक गाउँपालिकाको ६ वटा वडा मध्ये १ र ३ मा मात्रै वडा अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशन बाँकी छ । खानीखोला र महाभारत गाउँपालिकामा भने कुनै पनि वडा अधिवेशन नभएको नेकपा एमाले काभ्रेले जनाएको छ ।

सचिव पाण्डेले आईतबार भित्र जिल्लाको बाँकी ३५ वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए ।

Comments

comments