काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका सबै वडाहरुमा एमाले वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ९ वटै वडाहरुमा सर्वसम्मत कमिटी चयन गरेको छ ।

एमाले तेमाल गाउँ कमिटीका संयोजक घनश्याम घिसिङका अनुसार सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । पार्टीको केन्द्रिय समितिको योजना अनुसार आज देशैभरिको वडा अधिवेशन गरेको थियो ।

यी हुन् निर्वाचित वडा अध्यक्षहरु

वडा अधिवेशनले वडा नं. १ मा इन्द्रबहादुर अधिकारी, वडा नं. २ मा बीरनन्द लामा, वडा नं. ३ मा नेत्रबहादुर तामाङ, वडा नं. ४ मा धनलाल तामाङ, वडा नं. ५ मा विवेक लामा, वडा नं. ६ मा पाल्देन लामा, वडा नं. ७ मा खुसराज लामा, वडा नं. ८ मा औलथ सिं तामाङ र वडा नं. ९ बुद्धराम ब्लोन निर्वाचित भएका छन् ।

तेमालमा को–को खटेका थिए नेताहरु

तेमालमा वडा अधिवेशन सम्पन्न गर्न एमालेका विभिन्न तहका नेताहरु खटेका थिए । पार्टी संयोजक घिसिङका अनुसार वडा नं. ४ मा रेशम लामा, ६ नं. वडामा नारायण पाण्डे, वडा नं. १, २ र ३ मा इन्द्र तामाङ र घनश्याम घिसिङ, वडा नं. ५ मा घनश्याम घिसिङ र जेनिस लामा, वडा नं. ७ मा संग्रामजीत लामा र इन्द्रमान तामाङ, वडा नं. ८ र ९ मा रक्तिम लामा, घनश्याम घिसिङ र नुर्वु लामा खटेका थिए ।

यससँगै एमालेका वडा कमिटीहरुमा युवाहरुको निक्कै वर्चश्व रहेको छ ।

Comments

comments