काभ्रे जिल्लामा एमालेको पालिका अधिवेशन विवादका कारण नेतृत्व चयनमा विवाद भएपछि केही पालिकामा नेतृत्व चयन गर्न सकेको छैन । मुख्यतः अध्यक्षका आकांक्षीहरु धेरै भएपछि विवाद भएको एमाले स्रोतले जनाएको छ ।

काभ्रेको १३ वटा पालिका मध्य १० वट पालिकामा आज (मंगलबार) अधिवेशन भएको थियो । १० वटा पालिका मध्य पनि ७ वटा पालिकाको मात्र अध्यक्ष र केही पदाधिकारीहरुको नाम सार्वजनिक गरेको छ ।

एमाले स्रोतका अनुसार .वनेपा नगरपालिकामा रत्नकुस रन्जित, पनौती नगरपालिकाको अध्यक्षमा शुरेश हुमागाई, धुलिखेल नगरपालिकाको अध्यक्षमा दयाराम महत, पाँचखाल नगरपालिकाका अध्यक्षमा बिष्णु पौडेल, चौरीदेउराली गाउँपालिकाका अध्यक्षमा जितराम लामा, महाभारत गाउँपालिकाका अध्यक्षमा जगत मोक्तान, भुम्लु गाउँपालिकाका अध्यक्षमा कृष्ण मान तामाङ र तेमाल गाउँपालिकाका अध्यक्षमा इन्द्रमान तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरी नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिकामा भने छलफल जारी रहेको बुझिएको छ ।

यसैबीच खानीखोला, बेथानचोक र रोशी गाउँपालिकामा भनेमा केहि दिनपछि मात्रै अधिवेशन हुने एमालेले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।