जिल्ला प्रहरी कार्यालय, काभ्रेले फरार सूचीमा रहेको २ प्रतिवादीहरु पक्राउ गरेको छ । काभ्रे जिल्ला अदालतले कैद तथा जरिवाना तोकिएको तर फरार रहेको उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नमोबुद्ध नगरपलिका वडा नम्बर ३ का ३२ बर्षीय रामकुमार भुजेल रहेका छन् । भुजेललाई जिल्ला अदालत काभ्रेले २०७०।०९।०६ गते सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रूपियाँ जरिवानाको फैसला सुनाएको थियो ।
त्यस्तै रोशी गाउँपालिका वडा नम्बर ५ का २२ बर्षीय अजय लामालाई प्रहरीले पक्राउ गरेको छ । लामालाई हातहतियार तथा खरखजाना मुद्दामा उच्च अदालतले २०७४।०६।२३ गते, ६० हजार रूपियाँ जरिवाना फैसला गरेको थियो । प्रहरीले कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि दुबैजनालाई जिल्ला अदालत धुलिखेलमा पेश गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















