नेकपा (माओवादी केन्द्र) पाँचखाल–उपत्यका समन्वय समितिको भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उक्त भेलाले शिवराम कोइराला (जादुकर)को अध्यक्षतामा २९ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा भएको उक्त भेलाबाट उपाध्यक्षमा गुणराज दियाली र बुद्ध लामा, सचिवमा हरिचन्द्र श्रेष्ठ, सह–सचिवमा जयराम चौंलागाईं, कोषाध्यक्षमा विजय थपिलया निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा रामगोपाल श्रेष्ठ, श्यामकृष्ण दियाली, सुब्बा दियाली, सिसक काँडेल, कृष्णवीर चर्मकार, सरोज विसुँखे, सन्तोष श्रेष्ठ, मनिष तोलाङ्गे, जीतबहादुर कामी, रामबहादुर दियाली, हरिभक्त श्रेष्ठ, सूर्य तामाङ, दिनेश तामाङ, आश्राम तामाङ, हेमबहादुर तामाङ, ङेमा तामाङ लगायत रहेका छन् ।

कार्यक्रम पार्टीको काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)को प्रमुख आतिथ्यतामा भएको थियो । अतिथिहरुमा बुद्धिजीवि नेता भिमसेन गौतम, पार्टी जिल्ला सचिवालय सदस्य आइतेसिं तामाङ, काभ्रे–उपत्यका समन्वय समितिका अध्यक्ष दिनेश बानियाँ, जिल्ला सदस्य सावित्री थपिलया, नगर संयोजक रामगोपाल भुजेल, योङ कम्युनिष्ट लिग नेपालका नगर अध्यक्ष उग्रराज तामाङ लगायतका रहेका थिए ।

प्रविण श्रेष्ठको सभाध्यक्षता भएको उक्त कार्यक्रममा दिनेश त्रिपाठीले स्वागत गरेका थिए भने सञ्चालन शिवराम कोइरालाले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।