तामाङ पत्रकार संघ काठमाडौको तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सप्पन्न तेस्रो अधिवेशनले सन्तोष योन्जन तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
नेपाल तामाङ घेदुङको संघीय कार्यालय चावहिल स्थित चुच्चेपाटिमा भएको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा सोम्फे तामाङ, सचिबमा हिरोज लोप्चन, कोषाध्यक्षमा सिर्जना तामाङ निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा डुक्पा छिरिङ मोक्तान, मनिशा लो तामाङ, सन्ध्या तामाङ, किशोरी लामा, सृष्टि तामाङ रहेका छन ।
नव निर्वाचित अध्यक्ष योन्जन हाल सैलुङ अनलाइन डटकममा आबद्ध रहेका छन् ।कार्यक्रममा पत्रकार त्रय रेडियो मिर्मिरेका विष्णु दोङ, कान्तिपुर दैनिकका सुशिला तामाङ, ताम्सालिङ खबर अनलाईनका दिल रुम्बालाई काठमाडौ मिडिया अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सन्छु ब्लोन, उपत्यका प्रदेश समितिका सदस्य अर्जुन बहादुर तामाङ, तामाङ सन्चार समुहको संस्थापक अध्यक्ष रबिन्द्र तामाङ, तामाङ पत्रकार संघको पुर्व केन्द्रिय अध्यक्ष प्रतीक ङेसुर तामाङ, दिपेन्द्र लामा , जगतमान दोङ र वर्तमान केन्द्रिय अध्यक्ष बिष्णु मोक्तान, महासचिव बुद्ध योन्जन लगायतका पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















