नेकपा (एकीकृत समाजवादी) काभ्रेका जिल्ला सदस्य होम प्रसाद दुलाल (अकुर)ले आफू एमाले नभई एकीकृत समाजवादीमै रहेको बताएका छन् । सामाजिक सञ्जा, गाउँटोलमा आफूले एमालेको संगठीत सदस्य नविकरण गरेको हल्ला फैलाएको प्रति आपत्ति जनाउँदै उक्त कुरा बताएका हुन् ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौंरीदेउराली गाउँपालिका वडा नं. ६ का जननिर्वाचित वडा सदस्य समेत रहेका दुलालले एक प्रेस विज्ञप्ति जारी गर्दै आम कार्यकर्ता, जनता र नेतृत्व पंक्ति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गरेका छन् ।
‘मेरोबारेमा गाउँघरमा रहेका एमाले पार्टीका केही उरन्ठेउला, अराजक व्यक्तिहरुले मलाई एमालेको सदस्यता नविकरण गरिसकेको, एमाले मै आइसकेको जस्ता झूट, कपोलकल्पित र भ्रामक हल्लाहरु चलाइरहेको प्रति घोरा भत्र्सना गर्दछु ।’ दुलालले विज्ञप्तिमा भनिएको छ, ‘म नेकपा (एकीकृत समाजवादी) मा नै प्रतिबद्ध रहेको हुँदा कोही कसैमा भ्रम नपरोस भनि यो विज्ञप्ति जारी गरेको छु ।’
यस्तो छ विज्ञप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















