नेपाली काँग्रेसका युवा नेता रणबहादुर तामाङले काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क)को लागि सभापति पदको उम्मेदवारी घोषणा गरेका छन् । अगामी हुने नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत काभ्रे क्षेत्र न १ प्रदेश सभा (क) सभापतिमा तामाङले उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि तरुण दलमा रहेर नेपाली काँग्रेसमा सकृय तामाङ यो पटक क्षेत्र नं. १ प्रदेश सभा (क) को सभापतिमा उम्मेदवारी दिने चर्चा चलिरहेको थियो ।

नेपाली कांग्रेस पार्टीलाई सुदृढ, अनुशासित, व्यवस्थित साथै स्वच्छ प्रतिस्पर्धाका साथ युवामैत्री संगठन निर्माणको लागि काभ्रे क्षेत्र नं. १ प्रदेश सभा (क) मा सभापतिको उम्मेदवारी घोषणा गरिएको युवा नेता तामाङले जानकारी दिए ।

सभापतिको उम्मेदवारी घोषणा गरे पछि तामाङले सम्पुणर् प्रतिनिधिहरुलाई सहयोग र अमुल्य मतको अपेक्षा समेत गरिएको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।