माओवादी केन्द्रको तेमाल गाउँपालिका वडा नंं ६, ठूलोर्सेलको प्रथम वडा वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले शैलेन्द्र तामाङलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा साम्देन दोर्जे तामाङ, सचिवमा पासाङ लामा, सहसचिवमा प्रसान्त ग्लान, कोषाध्यक्षमा सुजल रानालाई निर्विरोध निर्वाचित गरेको छ । त्यसैगरी सदस्यहरुमा सम्बरबहादुर तामाङ, लक्ष्मी तामाङ, विष्णुमाया तामाङ, धनेन्द्रकुमार तामाङ, रेशमबहादुर थापा, अनिल राना, सुशिला विक, अशोक लामा, लालविर तामाङ, कार्साङ तामाङ, साङगे तामाङ, ङेमादोर्जे तामाङ, असुनी माया तामाङ, रामबहादुर तामाङ, पाल्साङ तामाङ र शेरबहादुर तामाङ निर्वाचित भएका छन् ।

सम्मेलनले राज तामाङको अध्यक्षतामा ३३ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल वडा कमिटी गठन गरेको छ ।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकाल लगायतका जिल्ला तथा पालिका स्तरका नेताहरुको सहभागीता रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।