नेकपा एमालेको दशौं महाधिवेशनका लागि काभ्रेबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन भएको छ । महाधिवेशन प्रतिनिधिका लागि १०५ जनाले उम्मेदवारी दर्ता गरेपछि करिब ५ दिनको छलफलपछि सर्वसम्मत निर्वाचित भएको एमालेले जनाएको छ ।
छनौट भएका महाधिवेशन प्रतिनिधिहरुमा खुल्ला तर्फ एमाले काभ्रे जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिका मेयर अशोक बयान्जु, जिल्ला कमिटी सचिब नारायण पाण्डे, कुमार थापा, रेशमवहादुर लामा, राजन भुर्तेल, पूर्वमन्त्री एवं प्रदेश सांसद चन्द्र लामा, कञ्चन अधिकारी, विदुरप्रसाद सापकोटा रहेका छन् ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैँछ ।
यी हुन् महाधिवेशन प्रतिनिधिहरुः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















