यतिखेर काँग्रेस काभ्रेमा ‘नाटकै हो’, ’नौटंकी नै हो’ भन्ने भनाई चर्चामा छ । सभासद तिर्थ लामाले शिव हुमागाईंसँग मिलेर आज पार्टीको १४ औं महाधिवेशनका लागि जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेपछि यो कुराले चर्चा पाएको हो ।

यसै हप्ता पार्टीको केन्द्रिय सदस्य हुमागईंसँग सम्बन्ध विच्छेद गरेका लामाले एक हप्ता वित्न नपाउँदै फेरि हुमागाईंसँगै मिलेर उम्मेदवारी घोषणा गरेपछि काँग्रेस कार्यकर्ताहरुले ‘नाटकै हो’, ’नौटंकी नै हो’ भन्न थालेका छन् ।

यता जिल्ला सभापति मधु आचार्य गुट निक्कै समस्यामा परेको छ । तिर्थ लामा आफूहरुसँग मिल्न आएको भन्दै निक्कै हौसिएका आचार्य गुट यतिखेर माछा माछा भ्यागुता भएको छ । आचार्य गुटले उम्मेदवारी घोषणा गर्न समेत सकेको छैन ।

काभ्रेमा यी हुन् शिव तिर्थ प्यानलको उम्मेदवारहरु

काँग्रेसको १४ औं महाधिवेशनका लागि तिर्थ लामाले जिल्ला सभापति पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । लामाले उम्मेदवारी घोषणा गरेपछि पूर्व जिल्ला सभापति समेत रहेका शिव हुमागाईले लामा सहितका उम्मेदवारलाई खादा, माला लगाएर शुभकामना समेत दिए ।

कार्यक्रममा अधिकांश काँग्रेसका पालिका सभापति उपस्थिति भएका थिए । सयौँ प्रतिनिधि, शुभचिन्तक, शुभेच्छुकहरुको बाग्लो सहभागीता थियो ।

त्यसैगरी काभ्रेको दुई वटा संघीय क्षेत्र नम्बरमा पनि ‘शिव-तीर्थ’ प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा जिल्ला सचिब दिनेश लामाले उम्मेदवारी दिएका छन् भने निर्वाचन क्षेत्र नम्बर १ को सचिवमा किशोर गिरी र विद्या सागर लामा, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापतिमा राम योञ्जन, सचिबमा नवराज दाहाल र दावा फेन्चु लामा, सहसचिबमा बसन्त तामाङ र गोकुल भुर्तेलले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) को सभापतिमा चन्द्र बहादुर तामाङ, उपसभापतिमा सुदर्शन अधिकारी र केशब बञ्जरा, सचिबमा रुपक महत, सहसचिबमा बिनोद तिवारी र राम बहादुर ग्याबाले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा सुन्दरमणी आचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने सचिबमा राम जोशी र आनन्द सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (क) को सभापतिमा हेम लामा उपसभापतिमा जीवन खड्का, सचिबमा उद्धब प्रसाद पौडेल र दमन अधिकारी, सहसचिबमा रमिला बानियाँ र आशाकाजी श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) को सभापतिमा भगवान अधिकारी, उपसभापतिमा तारामान लामा र कुमुदा बैद्य, सचिबमा गिता प्रसाद दुलाल र रामहरि दाहाल, सहसचिबमा हरि थापा र दिपक लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।