माओवादी केन्द्र रोशी गाउँपालिका वडा नं ९ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले अक्कल बहादुर लामालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

२९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा कुमार किङरिङ, सविचमा रुपम थापा मगर, कोषाध्यक्षमा चेली मगर, सहसचिवमा लाल बहादुर तामाङ, निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा भिम बहादुर तामाङ, चन्द्र मिप्चन, युवराज भुर्तेल, कान्छी माया क्याप्छाकी, प्रशान्त हुमागाई, उत्तम क्याप्छाकी मगर, अमर सिंह तामाङ, दल बहादुर किङरिङ, कान्छामान लामा, वकिल पुलामी, केशर बहादुर लुङ्गेली, चन्द्रमान सिंह ङ्यास्युर, पेमा लामा, खल बहादुर क्याप्छाकी, रिता बराइली, सुमित्रा विःक, ढुन्डराज विःक, नेत्रकुमारी विःक, दिपक िघसिङ, ङेमा लामा, चन्द्र बहादुर तामाङ, करिस्मा तुम्सिङ मगर र राज लामा रहेका छन् ।

सम्मेलनमा माओवादी केन्द्र जिल्ला समन्वय समितीका सदस्य डिल्ली प्रसाद रेग्मीद, जिल्ला सल्लाहकार कान्छाकाजी तामाङ, रोशी गाउँ कमिटीका सदस्य चन्द्रबहादुर लामा लगायतका व्यक्तित्वहरुको उपस्थिती समेत रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।