तामाङ समुदायबाट पत्रकारीता पेशामा संलग्न पत्रकारहरुको साझा संस्था तामाङ पत्रकार संघ, बागमती प्रदेशको प्रथम प्रदेशको अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न अधिवेशले अर्जुन पाख्रिन तामाङ अध्यक्षतामा १९ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेका छ ।
अधिवेशनले उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ र शान्ति थिङ तामाङ‚ सचिवमा जगतमान तामाङ र कोषाध्यक्ष जुनु ग्लानलाई सर्वसम्मतले चयन गरेका छ भने कोषाध्यक्ष मनोनीतबाट चयन गर्ने छन् ।
यस्तै सदस्यहरू मानकाजी पाख्रिन‚ मायालु लामा‚ पेमा लामा‚ निशा मोक्तान‚ अमर लामा‚ दीपेन्द्र थिङ‚ विजय भोलन‚ सन्दीप तामाङ‚ करण तामाङ‚ बुद्धराम तामाङ‚ सरु लामा र सरिना तामाङ चयन रहेका छन् ।
कार्यक्रमको उद्घाटन वागमती प्रदेशका उपसभामुख राधिका तामाङले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख तामाङले बाग्मती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले यसमा बन्ने संस्था बलियो हुने बताइन् । उनले तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि सङ्घले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

उनले तामाङ समुदायमा खोजमुलक पत्रकारीता गर्ने पत्रकारको आवश्यकता रहेको औंल्याइन् ।
‘अहिले हाम्रो समुदायमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारको आवश्यकता छ‘‚ उनले भनिन्‚ ‘समग्र नेपालको विकास दिन सक्ने सन्देश यस संस्थाले दिनेछ ।’
कार्यक्रमका अधिवेशन आयोजक समितिका संयोजक डोल्मा मनाङ्थेनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















