नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काभ्रेका विकट क्षेत्र डाँडापारी आउने भएको छ । अध्यक्ष प्रचण्ड मंसिर १० गतेका दिन माओवादी केन्द्र महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको गाउँपालिका सम्मेलन उद्घाटन गर्न डाँडापारी आउने भएको हो ।

माओवादी केन्द्र महाभारत गाउँपालिकाका संयोजक तथा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा अनुसार प्रचण्ड हेलिकोप्टरमा आउनेछन् । काभ्रेको विकट क्षेत्र डाँडापारी उनको प्राथमिकतामा पर्दै आएको छ ।

विभिन्न समयमा डाँडापारी आएका अध्यक्ष प्रचण्डले गरेको बाचाहरु पनि पूरा गर्दै आएका छन् । विशेष गरी सदरमुकाम धुलिखेलदेखि डाँडापारी जोड् सडक विस्तार र निर्माण, विद्युतिकरण, शैक्षिक विकास, कृषिपर्यटन विकासमा प्रचण्डको पहल र चिन्ता रहँदै आएको छ ।

यो पटक पनि अध्यक्ष प्रचण्डले केही प्रतिबद्धताहरु गर्नेमा डाँडापारीका जनता आशावादी देखिन्छ ।

Comments

comments