नेपाली काँग्रेस काभ्रेको जिल्ला अधिवेशन आज हुँदै छ । प्रनितिधिसभा क्षेत्र नं. १ मा सर्वाधिक मत प्राप्त गरेको काँग्रे नेता तिर्थ लामाको टिममा को–को अट्न सक्छन् भन्ने सर्वत्र चासोको विषय बनेको थियो ।

यहीं क्रममा अधिवेशनको लागि काँग्रेस नेता लामाले आफ्नो प्यानलको उम्मेदवारहरु सार्वजनिक गरेका छन् । शिव हुमागाईं र मधु अचार्यका समेत केही व्यक्तिहरुलाई मिलाएर लाने क्रममा सफल भएका लामाले विहिबार राती ९ बजे धुलिखेलमा एक पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारहरुको टिम सार्वजनिक गरेका हुन् ।

टिम तिर्थमा सभापतिमा तीर्थ लामा, उपसभापतिमा रमेश हुमागाई र ठाकुर प्रसाद न्यौपाने उम्मेदवार रहेका छन् । त्यसैगरी सचिबमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल, सहसचिबमा समिर ब्याञ्जु र रविन्द्र सिग्देलको उम्मेदवारी परेको छ ।

त्यसैगरी सदस्य पदको उम्मेदवारहरुमा दीपेन्द्र पौडेल, जुल्कु लामा, बलराम कोइराला, बिश्व सापकोटा, दुर्गा प्रसाद अधिकारि, कृष्ण बहादुर लामा, चित्र बहादुर गोले, सन्तोष गौतम, तारा आचार्य, मन्जु घिमिरे, सलाम सिंह लामा रहेका छन् ।

जिल्लामा २५ सय ४४ जना प्रतिनिधि रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।