आज हुने नेपाली काँग्रेस काभ्रेको अधिवेशनमा काँग्रेसका पुराना नेता अच्यूत प्रसाद पौडेल र तिर्थ लामा बीच प्रतिस्पर्धा हुने भएको छ । काभ्रेको बनेपामा हुन लागेको जिल्ला अधिवेशनमा शिव हुमागाईं प्यानलबाट लामा र मधु आचार्यको प्यानलबाट पौडेलले जिल्ला सभापतिको लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

नेतृत्वमा सहमति नभएपछि सिँगो टिम घोषणा गरेर दुबै पक्ष चुनाव लड्दै छ । शिव हुमागाईले मधु प्यानलका सभापति उम्मेदवार अच्युत प्रसाद पौडेललाई सहयोग गर्ने चर्चाका चलिरहेको बेला हिजो राति आकस्मिक पत्रकार सम्मेलन गरेर हुमागाई आफ्नो समूहका उम्मेदवार तीर्थ लामा रहेको भन्दै अन्य समूहलाई सहयोग गर्न नसक्ने बताएका थिए ।

यता मधु आचार्य प्यालनबाट सभापतिमा अच्युत प्रसाद पौडेल, उपसभापतिमा गोविन्द थापा र शंखरदास लामा (राजु), सचिबमा कमल तामाङ र दिनेश भुर्तेल, सह सचिबमा रञ्जीब श्रेष्ठ र विनोद गौतमले प्रतिस्पर्धा गर्दैछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।