काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी भएका छन् ।

लामाले प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गरेका हुन् । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गरेका छन् । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेकोे निर्वाचन समितिले जनाएको छ ।

विजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गरेका थिए ।

यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना सिपखान टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगाईं , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा, विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

स्थानीय तहतर्फबाट सदस्यमा तेमाल गाउँपालिकाको महिलातर्फ सुनिता तामाङ, महाभारत गाउँपालिकाको खुलातर्फ जगत बम्जन र महिलातर्फ राधिका रानामगर निर्विरोध निर्वाचित भएका छन् ।

समावेशी जिल्ला सदस्यमा खस–आर्यतर्फबाट जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, रुपा लामा, तारादेवी आचार्य, रविना पाण्डे विष्ट तथा आदिवासी जनजातितर्फ कान्छा लामा, जोगलाला लामा, डिलबहादुर लामा, वीरबहादुर भोम्जन, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तली तितुङ, हिराकुमारी लामा र ज्ञानीमाया लामा विजयी भएका हुन् । यस्तै दलिततर्फबाट जिल्ला सदस्यमा धनराज सुर्खेती, अल्पसङ्ख्यक तर्फबाट रामप्यारी पोटे अवाले निर्विरोध तथा जिल्लाबाट एकसदस्यीय महाधिवशेन प्रतिनिधिमा श्यामबहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।