नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा चयन भएका छन्।

चितवनमा सम्पन्न संगठनको चौथो महाधिवेशनले सापकोटालाई निर्विरोध अध्यक्ष चयन गरेको हो।

सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक थिए ।

महाधिवेशनले १८३ जना केन्द्रीय सदस्यसमेत चयन गरेको छ। थप १५ जना सदस्य मनोनीत हुने छन्। अन्य पदाधिकारीबारे भने टुङ्‍गो लाग्न बाँकी रहेको छ ।

Comments

comments