काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गुण्डागर्दी गरी रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई विदेश पठाएका व्यक्तिबाट लिएको रकममध्ये प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले एकमुष्ठ ९० लाख २५ हजार असुल्न खोज्ने काठमाडौँ सुकेधाराका ४० वर्षीय मिलन जोशी र दोलखाका ३५ वर्षीय रवीन्द्र बस्नेतलाई आइतबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

निषेधाज्ञाका कारण म्यानपावर चल्न नसकेको अवस्थामा कमिशन र दशैँ खर्च मागेर सञ्चालक र सञ्चालकका परिवारलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि ‘आपराधिक लाभ लिएको कसुर’ मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।