बनेपा। नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घले टीकालाल तामाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनले तामाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिका उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दिपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रीमा लुइँटेल रहेका छन् ।

त्यस्तै सदस्यमा क्रमशः ईश्वरी श्रेष्ठ, यज्ञप्रसाद न्यौपाने, सन्तोष मिजार, जीवन पहरी, इन्द्रा गौतम, जिलेट लामा, अम्बिका माया लामा, दुर्गाबहादुर घर्ती, गोविन्द केसी, दीपक अधिकारी, शङ्कर त्रिपाठी, सरिता महत, सावित्री गौतम र सरिता गौतम छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रा पालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने बताएका छन् । व्यावसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने उनको भनाई छ ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउन सुझाव दिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।