धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिका २ नं.वडामा वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा धुलिखेल नगरपालिका वडा नं. २, सारथी फाण्डेसन र सारथी बहुउद्धेशीय सहकारी संस्था लिमिटेडको आयोजना एवं व्यवस्थापनमा यही मंसिर २४ गते शुक्रबार वडाभित्रका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण कार्यक्रम हुने भएको हो ।
सेती देवी मा.वि धुलिखेल नगरपालिका २ रबिओपीमा हुने शिविरमा जनरल मेडिसिन, बालरोग, प्रसुति तथा स्त्री रोग, हाडजोर्नी तथा नशा, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, छाला तथा यौन रोग, नाक, कान तथा घाँटी लगायत सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
बिहान ९ बजेदेखि शुरु हुने शिविर दिनको ३ बजेसम्म सञ्चालन हुनेछ । पछिल्लो समय जील्लामा बढ्दै गएको शहरीकरण र प्रदूषणका कारण बिरामी हुने क्रम बढिरहेको र त्यस्ता स्वास्थ्य समस्यालाई समाधान गर्ने परामर्श सेवा पनि शिविरमा उपलब्ध गराइने बताइएको छ ।
उक्त क्षेत्रमा स्वास्थ्य शिक्षा लगाएत सबै पूर्वधार र आर्थिक अभावका कारण विभिन्न रोगको उपचारबाट वञ्चित भएका व्यक्तिहरुको सेवामा थप सहयोग पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।





















