नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, काभ्रेको पाँचौं अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न अधिवेशनबाट इन्द्रबहादुर थापामगर अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अधिवेशनले उपाध्यक्ष काजल तामाङ, सचिवमा सुरज श्रेष्ठ, सह–सचिवमा सनम सुवाल, कोषाध्यक्षमा कृष्णबहादुर घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रकमराज लामा, लोकबहादुर थापा, इकमान लामा, सविना श्रेष्ठ, कपिलकुमार दनुवार, धनबहादुर स्याङतान (डिबि) सर्वसम्मत निर्वाचत भएका छन् ।

सबैपदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा भने निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष थापा र जगत तामाङ बीच प्रतिस्पर्धा भएको थियो । सो क्रममा थापाले २१ मत र तामाङले ७ मत प्राप्त गरेको थियो ।

कार्यक्रममा फोनिजका केन्द्रिय कोषाध्यक्ष अमरध्वज लामा, केन्द्रिय सदस्य तथा वागमती प्रदेश इन्चार्ज समिर बलामी, वामगती प्रदेश अध्यक्ष पेमा लामा लगायतका सहभागी थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।