नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । वडा र पालिका स्तरको सम्मेलन सकेपछि सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

सम्मेलनमा काभ्रेको विभिन्न पालिकाबाट ७१ जना प्रतिनिधिहरुको सहभागी रहने कार्यालय सचिव मनिराज गौतमले जानकारी दिएका छन् ।

काभ्रेका पालिका मध्य चौंरीदेउराली गाउँपालिकाबाट सबैभन्दा बढी र २ बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाबाट सबैभन्दा कम प्रतिनिधि सहभागी हुनेछन् ।

कुनपालिकाबाट को–को छन् प्रतिनिधि ?

चौंरीदेउराली गाउँपालिका
रेणुका चौंलागाईं, ताराकुमारी चौंलागाईं गौतम, गिता रासाइली, अन्जित गौतम, टेकप्रसाद गौतम, शिवप्रसाद पन्त, तेज पन्त, राजकुमार गौतम रहेकाछन् ।

भुम्लु गाउँपालिकाबाट
जनक भण्डारी, अनिता गुरुङ, शन्त तामाङ, सुजन पहरी

पाँचखाल नगरपालिकाबाट
आइतेसिं तामाङ, नारायण ढकाल, शिवकुमार ढकाल, यज्ञबहादुर दर्जी, सावित्री थपालिया, चेतप्रसाद गौतम

खानीखोला गाउँपालिकाबाट
मिना पाख्रीन, दैवलाल घिसिङ, सुन्तली थिङ, हुत्तमान घिसिङ,

रोशी गाउँपालिकाबाट
अशोककुमार गौतम, लितकबहादुर लामा, लिलाबहादुर श्रेष्ठ, सुस्मिता मोक्तान वाइबा, सुजन लामा र गणेशकुमार तामाङ ।,

बेथानचोक गाउँपालिकाबाट
हरि घिमिरे केसी र मर्दनसिं तामाङ

मण्डनदेउपुर नगरपालिकाबाट
निरन्जन विष्ट, ध्रुवप्रसाद काफ्ले, राजकुमार तामाङ, रमेश ढकाल, केशवप्रसाद सापकोटा ।

बनेपा नगरपालिकाबाट
गोपालप्रसाद घिमिरे, उषा शिवभक्ति (अर्याल), भोला प्रसाद आर्याल

पनौती नगरपालिकाबाट
होमबहादुर खुलाल, शुसिला सुवाल

नमोबुद्ध नगरपालिकाबाट
रत्नबहादुर लामा, हरिप्रसाद तिमल्सिना, गोपाल नेपाली, देवकी कोइराला, महेश्वर अधिकारी

धुलिखेल नगरपालिकाबाट
विष्णुबहादुर मिजार, सरस्वती लामा, यादव ढुंगेल

महाभारत गाउँपालिकाबाट
सुजन लामा, कान्छालाल जिम्बा, कान्छामान जिम्बा, ङेमसाङ योञ्जन, पूर्णबहादुर वाइबा, दिलबहादुर आले, असलीमाया लामा

तेमाल गाउँपालिकाबाट
दलमान थोकर, खड्गबहादुर लामा, सार्कीमान तामाङ, कल्पना लामा, अभिलास तामाङ, कुवेरसिं तामाङ

१० जना मनोनित
झलकप्रसाद लामिछाने बनेपा, रमेश हुमागाईं पनौती, कान्छाराज गिरी पाँचखाल, कृष्णप्रसाद चौंलागाईं चौंरीदेउराली, चन्द्रध्वज लामा तेमाल, आशा लामा भुम्लु, पञ्चलाल घिसिङ धुलिखेल, जितबहादुर रानामगर महाभारत, चेतकुमारी माझी महाभारत

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।