काठमाडौं । नेकपा माओवादी केन्द्रले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । त्यस्तै बैठकले संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकले राष्ट्रिय सभामा दलको प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।