मेहनत, लगनशीलता र मौका पाए शिक्षामा अब्बल बन्न सक्छ भन्ने कुरा काभ्रेका राम लामाले प्रमाणित गरेका छन् । ग्रामीण क्षेत्रबाट शिक्षा आर्जन गर्न शुरु गरेका लामाले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी) गरेर प्रमाणित गरेका छन् ।
काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ मादनकुँडारीका लामाले काठमाण्डौँ विश्वविद्यालयमा कम उमेरमै विद्यावारिधी गर्ने रेकर्ड राख्दै विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहमा उनले सबैभन्दा कम उमेरमा विद्यावारिधी गर्ने रेकर्ड राखेको छन् ।
२७ औं दीक्षान्त समारोहबाट राम लामा सहित रोहितकुमार मिश्र, लिना गुरुङ, सुशिला श्रेष्ठ, श्रीकृष्ण वाग्ले, रविनराज निरौला, पारसमणी तिमल्सिना, दिपकप्रसाद बास्तोला, दिवाकर विष्ट, सञ्जय हमाल, रेवतकुमार ढकाल, देवेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण वाग्ले र दिपक खनाललाई सहकुलपति देवेन्द्रराज पौडेलले पिएचडीको उपाधि प्रदान गरेका थिए ।
यी मध्ये राम लामाले ३१ बर्षकै उमेरमा पिएचडीको उपाधि हासिल गरेका हुन् । हाईड्रोपावर मेकानिकल ईञ्जिनियर विषयमा पिएचडीको उपाधि हासिल गरेका लामाले नर्वेजियन दुतावासको छात्राबृत्तिमा विशिष्ट श्रेणीमा पिएचडी उपाधि हासिल गरेका हुन् ।
‘मैले मेकानिकल ईञ्जिनियरिङमा पिएचडी उपाधि हासिल गरेको हुँ । काठमाण्डौ विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा म सबैभन्दा कान्छो उमेरको हुँ । यो दीक्षान्त समारोहबाट पिएचडी उपाधि हासिल गर्नेमा कोहि त मेरा गुरुहरू नै हुनुहुन्छ ।’ लामाले भने ।
लामाले मादन कुँडारीको तत्कालिन स्वस्थानी निम्न माध्यामिक विद्यालबाट कक्षा ८ उत्तीर्ण गरेर सिर्जनशील जनता माध्यामिक विद्यालय मार्फत २०६२ सालमा एसएलसी पास गरेका थिए । दुर्गममै एसएलसी पास गरेका लामा काठमाडौं विश्वविद्यालयमा आइएससी अध्ययनका लागि भर्ना भएका थिए ।
काठमाडौं विश्वविद्यालयबाट आइएससी र हाइड्रोपावर, मेकानिकल ईञ्जिनियरिङमा स्नातक गरेका लामाले स्नातकोत्तर भने भारतको जवहरलाल नेहरू टेक्निोलोजिकल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका थिए । जलविद्युत आयोजनाको विकासको क्रममा दूई बर्षको अनुभव समेत संगालि सकेका लामाले स्नातकोत्तरमा मेकानिकल ईञ्जिनियरिङ अध्ययनको लागि भारतीय दुतावासको छात्राबृत्ति पाएका थिए ।
सबै उच्च शिक्षा छात्राबृत्तिमा अध्ययन गरेका लामा अहिले काठमाडौं हाईड्रो सोलुशन प्रा.लि र काठमाडौं ईलेक्ट्रिक प्रा.लिको कार्यकारी अध्यक्ष हुन् । यहि कम्पनी मार्फत जलविद्युत आयोजनाहरूमा काम गर्दै आएको लामाले बताए । लामा त्यसबाहेक काठमाडौं विश्वविद्यालयमा एकेडेमिय इन्डष्ट्रि कोअपरेशन विभागका संयोजकको रूपमा पनि कार्यरत छन् ।
राम र लक्ष्मण च्याङबा तामाङ र कमिस्या तामाङको जुम्ल्याहा सन्तान हुन् । २०६९ सालमा काठमाडौं विश्वविद्यालयबाट दाजु राम लामाले मेकानिकल र भाइ लक्ष्मण लामाले इन्भारोमेन्टल इञ्जिनियरिङमा स्नताक गरेका थिए ।
हाल दुवै जनाले आफुहरू बाल्यकालमा गरेको विद्यालय स्वस्थानी माध्यामिक विद्यालय र सिर्जनशील जनता माविमा कक्षा ७, ८ र ९ का विज्ञान, गणित र अंग्रेजी विषयमा धेरै अंक ल्याउने मध्ये ३÷३ जनालाई पुरस्कृति गर्ने उद्देश्यले २०७७ सालबाट ‘जुम्ल्याहा इञ्जिनियर राम÷लक्ष्मण लामा विज्ञान तथा प्रविधि पुरस्कार–२०७७’ स्थापना गरी बार्षिक २० हजारका दरले कोष खडा गरी पुरस्कृत गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















