वागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धारा हुमागाईंले प्रदेश आफैले मल खरित गर्ने जनाएका छन् । विहिबार नेकपा (एकिकृत समाजवादी) बनेपा नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागईंले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुमागाईंले आफ्नो कार्यकालका प्राथमिकताहरु सार्वजनिक गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हुमागाईंले वागमती प्रदेश आफैले रासायनिक मल खरित गरि किसानको समस्या समयमै समाधान गर्ने बताए । ‘प्रदेश सरकार आफैंले रासायनिक मल खरिद गर्ने, उत्पादन र व्यवस्थापित वितरण गर्ने, कृषि उत्पादनलाई आधुनिकरण, बजार व्यवस्थापन गर्ने र विचौलिय बजारलाई व्यवस्थापन गर्ने मेरो प्रमुख प्राथमिकताका विषय हुन् ।’ उनले भने, ‘म पनि एक किसानको छोरा भएकोले कृषकका समस्या गहिरो रुपमा मैले बुझेको छु । नजिकबाट बुझेको छु । समस्या समाधानका उपायहरु पनि मलाई थाहा छ ।’

मन्त्री हुमागाईंले आफू प्रत्यक्ष किसानसँग जोडेर कार्यसम्पादन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला नेताहरु तथा कार्यकर्ताहरु सहभागीता रहेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला