तामाङ पत्रकार संघको छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्नभ एको छ । शनिबार काठमाडौंको स्वयम्भूमा सम्पन्न भएको महाधिवेशनले सुवास योञ्जनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षद्वय विश्वराज लामा र नेत्र तामाङ, महिला उपाध्यक्षमा अन्जु डिम्डुङ, महासचिव तीर्थमान बल सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सचिवद्वय शिशिर दोङ र उर्गेन लो तामाङ, महिला सचिवमा सरस्वती तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन् । महाधिवेशनले सदस्यहरूमा इकमान लामा, युनिकरक्ष ग्लान, विमल तामाङ, मिक्साङ वाइबा, साहिला तामाङ‚ राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, साङ बहादुर लो (राजु) मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामा सर्वसम्मत निर्वाचित गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















