नेपाली काँग्रेसको चौंधौं महाधिवेशनबाट काभ्रेका गणेश लामा केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । लामा नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
लामाले १७८२ मत ल्याई विजयी बनेका छन् । उनी ३०औं नम्बरमा दर्ज हुन सफल भएका छन् ।
काभ्रेबाट निर्वाचित केन्द्रिय सदस्य हुनेमा उनी पहिलो भएका छन् । आइतबार सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन् । खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















