बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले आफूले एक पैसा भ्रष्टचार नगर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) बनेपा नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री हुमागाईले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘सक्दो राम्रो काम गर्ने तर नराम्रो काम गर्ने छैन । मलाई कतैबाट एक पैसा भ्रष्टाचार गर्नु छैन । मेरो श्रीमती अहिलेपनि ज्याला मजदुरी नै गर्ने हो ।’ मन्त्री हुमगाईंले भने, ‘तपाईहरूले भन्नुभए जस्तै मेरो श्रीमतीले पनि बरू एक छाक मात्रै खाउँला तर कतैबाट नचाहिँदो ढंगले पैसा कमाएको सहदिनन् । मलाई त्यसरी पैसा धन आर्जन गर्ने छुट छैन् । तपाईहरू ढुक्का हुनुहोस् ।’

आफूले अहिलेसम्म कुनैपनि काम काभ्रेली जनताको हित विपरित नगरेको दावी गर्दै आगामी दिनमा पनि त्यस्तो नगर्ने बताए । ‘मैले अहिलेसम्म कुनै पनि काम काभ्रेली जनताको हित विपरित गरेको छैन् । आगामी दिनमा पनि त्यस्तो काम गर्ने छैन् ।’ हुमागाईंले भने, ‘निर्वाचनका बेला जनताको घरदैलोमा पुग्दा गरिएका कयौँ बाजाहरू पुरा नभए पनि सुरूवात गराएको छ । त्यो कामलाई पनि पुरा गर्नुछ ।’

मन्त्री हुमागाईले आफु साच्चै क्यान बोक्ने किसान रहेको दोहो¥याए । ‘म अहिले पनि क्यान बोक्ने किसान नै हुँ । यसैमा मलाई गर्व छ ।’ हुमगाईंले भने, ‘मैले जिम्मेवारी पनि किसानकै क्षेत्रमा काम गर्ने मन्त्रालय पाएको छु । म दृढतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्नेछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।