नेकपा (माओवादी केन्द्र) काभ्रेले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ६ निवासी दिपेन्द्र गिरीको विषयलाई लिएर भ्रम फैलाएकोमा आपत्ति जनाएको छ । माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौंलागाईं (रचना)ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आपत्ति जनाएका हुन् ।
यस्तो छ प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
उपरोक्त सम्बन्धमा नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको धन्यवाद तथा बधाई कार्यक्रममा प्रस्तुत काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं ६, साविक कात्तिके देउराली निवासी दिपेन्द्र गिरीको बारेमा दश वर्षे महान जनयुद्धको सबालमा ‘जनयुद्धको क्रममा माओवादी आक्रमणमा मेरुदण्ड भाँची जीवन संघर्ष गरिरहेका युवा’ भनि गरिएको कुप्रचारप्रती हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र), काभ्रेपलाञ्चोकको गम्भिर ध्यानाकर्षण भएको छ।
सो सम्बन्धमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको र नीज व्यक्ति आफ्नै पारिवारिक दुर्घटनामा परेको तर दश वर्षे जनयुद्धको नाम गरी द्वन्दपिडीतको नाममा राज्यद्वारा अनुचित लाभ लिईरहेको कुरा जगजाहेर छ।
तसर्थ, एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेताबाट सस्तो लोकप्रियताको लागि गरिएको यस प्रकारको भ्रामक, कपोल कल्पित र अतिरञ्जित कुप्रचारको घोर भत्र्सना गर्दै त्यस घटनामा हाम्रो संलग्नता पुष्टी गर्न चुनौती समेत दिन चहान्छौं ।
क्रान्तिकारी अभिबादन सहित
रुकु चौलागाई (रचना)
अध्यक्ष, नेकपा (माओवादी केन्द्र), काभ्रेपलाञ्चोक
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















