नेकपा (माओवादी केन्द्र) धुलिखेल नगर कमिटीको अध्यक्षमा पृथ्वी थापा सर्वसम्मत चयन भएका छन् । नगर कमिटीको शनिबार बसेको बैठकले थापालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

गत मंसिर ११ गते सम्पन्न नगर सम्मेलनले ६५ सदस्यीय नगर समिती गठन गरेपनि पदाधिकारी चयन हुन बाँकी थियो ।

बैठकले उपाध्यक्षमा दिनदायल श्रेष्ठ, उपाध्यक्ष बाबुराम तामाङ, बालकृष्ण सापकोटा, सचिबमा अर्जुन पौड्याल, सह–सचिबमा श्रीराम थापा मगर र कोषाध्यक्षमा बिमला श्रेष्ठ सर्बसम्मत चयन गरेको छ ।

बैठकले सानू कालू तामाङ, सूर्य बहादुर लामा तामाङ, प्रकाश मोक्तान र सुनिता लामालाई नगर समितिमा मनोनयन समेत गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।