ब्लड क्यान्सर पिडित रविन तामाङले आफ्नो उपचारको लागि आर्थिक सहयोगको याचना गर्दै आफूलाई बचाउन अनुरोध गरेका छन् । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, मुक्पाटार स्थायी घर भएका तामाङले आफ्नो उपचार सम्भव भएकोले आफूलाई बचाउन अनुरोध गरेका हुन् ।
प्रेमबहादुर तामाङ (वाला)को २१ वर्षिय छोरा तामाङ विगत १ वर्षदेखि ब्लड क्यान्सर पिडित भई पाटन अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको बेडबाटै रविनले देशविदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेका छन् । आफू भर्खर २१ वर्षको मात्र भएको र बाँचेर जीवनमा अझै केही गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै उनले सहयोगको याचना गरेका हुन् ।
‘म अहिले २१ वर्षको भएँ । क्यान्सर भएको एक वर्ष भइसकेको छ । डाक्टरको सल्लाह अनुसार बोनम्यारो ट्रान्सप्लान्ट नै गर्नुपर्छ भन्नुभएको छ । त्यसको लागि नेपालमा सम्भव नभएकोले भारत नै जानुपर्ने भएको छ । म भर्खर २१ वर्षको भएँ । मैले यो रोगसँग जितेर अझै पनि जिन्दगीमा केही गर्नुछ ।’ रविनले सहयोगको अपिल गर्दै भने, ‘१ वर्षसम्म उपचार गरेर सबै पैसा सकिएको छ । घरको आर्थिक अवस्था त पहिला देखिनै जटिल थियो । हाल आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेको छ । देशविदेशमा रहेका सबै दाज्युभाइ दिदीबहिनीहरुसँग म अनुरोध गर्न चाहन्छु ।’
अस्पतालले उनको उपचारको लागि ८० लाख रुपैयाँ खर्च लाग्ने बताएको छ ।
उनको सहयोगको लागिः
बिरामीको बुवा:- Prem Tamang, Mega Bank Nepal Limited, A/C 0910058550759, Bhaktapur Cell: 9813582387
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















