काठमाडौं, पुस १४ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक जना महिला सामुहिक बलत्कारमा परेकी छन् ।

९ जना युवाहरूले फरक–फरक गेस्ट हाउसमा लगेर ति महिलालाई बलत्कार भएको प्रहरी अनुसन्धानबाट खुलेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमार्डौंले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई जना अझै फरार रहेका छन् ।

पीडित महिला सुर्खेतबाट कामको खोजीमा काठमाडौं आएकी थिइन । ३३ वर्षीया पीडित महिलाका श्रीमान केहिबर्षदेखि वेपत्ता छन् । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । फरारहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।