राष्ट्रिय माधिवशेनकै सिको गर्दै नेकपा एमाले काभ्रेले आफ्नो १० औं अधिवेशनमा पनि हजारौं कार्यकर्ता र जनता उतार्ने योजना बनाएको छ । आगामी पुष २३ गते हुन गइरहेको जिल्ला अधिवेशनमा टोल–टोलबाट ५० हजार कार्यकर्ता उतार्ने दावी एमालेले गरेकाे छन ।

जिल्ला अधिवेशनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम बनाएपछि एमालेले जसरी पनि ठूलो उपस्थिति देखाउन प्रत्येक घर–घरमा निमन्त्रणापत्र पठाउने तयारीमा रहेको प्रचार प्रसार उपसमितिका प्रमुख इन्द्र तामाङले जानकारी दिएका छन् ।

प्रचार प्रसार उप समितिले प्रचारको कार्य तिब्र बनाउँदै घर घर पार्टीले अधिबेशनमा सहभागि हुन आब्हान गरेर चुल्है निम्तो वितरण गर्ने अभियान शुरु गरेको प्रमुख तामाङले बताए ।

प्रचार प्रसारको कामलाई व्यवस्थित र मार्यादित एवं सबै जनताकोमा पुग्ने गरि काम थालिएको बताउँदै किसान देखि व्यवसायीसम्म सबैलाई अधिवेसनमा बोलाउँने गरि सामाग्रीहरु तयारी तामाङले जानकारी दिए । ‘राष्ट्रिय महाअधिवेसनमा प्रयोग भएका सामाग्री तथा टुल्सको प्रयोग हुने छ । जसका लागि अडियो जिङनल, भिडियो क्लिप, पत्रपत्रिका र अनलाइनमा समाचार तथा विज्ञापन सामाग्री, सामाजिक सञ्जाल प्रयोगबाट अधिवेसनको प्रचार प्रसार गरिने छ ।’ उनले बताए ।

अधिवेशनको लागि एमालेले विभिन्न उपसमितिहरु निर्माण गरी सकृय बनाएको छ । जनपरिचालन समिती कंचन अधिकारीको संयोजकत्वमा निर्माण गरेको छ । अधिकारीका अनुसार १३ वटै स्थानिय तहमा रहेका कमिटिहरुलाई काम आफ्नो काम र दायित्व बारे जानकारी दिएका छन् भने अब तयारीमा मात्रै होइन काम मै लागेको बताइएको छ ।

राजनीतिक तथा आर्थिक प्रतिवेदन उपसमितीले आफ्नो कााम अगाडी बढाएको उपसमितीका सदस्य राजन भुर्तेलले बताए । उनका अनुसार लेखनको काम अगाडी बढेको र त्यसका लागि आवश्यक विषयहरुको अध्ययन र समिक्षाको विषयहरु अगाडी बढेको जानकारी दिए ।

प्रतिनिधी व्यवस्थापन उपसमिति सचिव नारायण पाण्डेको संयोजकत्वमा गठन गरिएको छ । प्रतिनिधी व्यवस्थापनका लागि आवश्यक पर्ने दायित्वको काम अगाडी बढाइको बताउँदै पाण्डेले शनिवार साँझसम्म अधिकांश स्थानिय तहका प्रतिनिधीहरु छनौट भइसकेकोले जनसंगठनहरुले आफ्नो प्रतिनिधीहरु छनौट गरिरहेको बताए ।

जिल्ला अधिवेसनका लागि आर्थिक व्यवस्थापनको काम पनि अगाडी बढेको छ । पाटिका शुभचिन्तक, पार्टीबाट निर्वाचित जनप्रतिनिधी तथा अधिवेसन प्रतिनिधीहरुबाट केही दायित्वको व्यवस्था गरिए अनुरुप आर्थिक व्यवस्थापनको काम भैरहेको उपसमितीका सदस्य जेनिश लामाले जानकारी दिए ।

स्वयंसेवक परिचालन उपसमितिले आफ्नो काम अगाडी बढाएको संयोजक राकेश लामाले बताए । उनका अनुसार अनुसार युवा, विद्यार्थी र सम्बन्धित जनसंगठनहरुबाट स्वयंसेवक परिचालन गरिने तयारी भएको छ ।

अधिवेशनका लागि खाना तथा आवास व्यवस्थापन उपसमितिले आफ्नो तयारी अगाडी बढाएको छ । जसका लागि धुलिखेल भित्र नै सबै प्रतिनिधि, अतिथीलाई खाना र आवासको व्यवस्थापन गरिने छ ।

अधिवेशनको दिन अर्थात २३ गते मञ्चको व्यवस्थानपनका लागि समितीको बैठकबाट छलफल अगाडी बढाइएको छ । मञ्चमा करिब ५० जना अतिथी अट्न सक्ने गरि व्यवस्थापन गरिने तयारी भएको छ । त्यस बाहेक मञ्च वरपर परिवेक्षक, पत्रकार र अन्य सहभागि रहन सक्ने गरि बनाइने तयारी भएको छ ।

यसैबीच जिल्लाका सबै पालिकाका वडाहरुमा एकै साथ सर्वसम्वत प्रतिनिधि छानिएको बताइएको छ । १ सय ३५ वडाबाट झण्डै १ हजार ५ सय प्रतिनिधि विभिन्न क्षेत्रबाट सहभागि हुने प्रचार प्रसार उपसमितिका प्रमुख तामाङले बताए ।

भूगोल तर्फ पालिकाका वडामा रहेका संगठित सदस्यहरुबाट वडा तहमा प्रतिनिधी छनोट गर्ने निर्णय गरेको थियो । प्रतिनिधी छनोट गर्दा वडामा रहेका संगठित सदस्यबाट दलित संगठित सदस्य छुट्याइ कायम रहेका सदस्यमध्ये पहिलो ४५ जनासम्म संगठित सदस्यबाट १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने र त्यस भन्दा बढि प्रत्येक ४५ जना सम्मले थप १/१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय अनुसार कार्यान्वयन भएको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको थियो ।

वडामा रहेका दलित संगठित सदस्य मध्ये २० जना सम्म संगठित सदस्यबाट १ महिला सहित २ जना प्रतिनिधी निर्वाचित गर्ने र सो भन्दा बढी प्रत्येक २० जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको थियो । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल दलित प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको छ ।

सबै पालिका कमिटीबाट कम्तिमा ३ महिला सहित ७ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तय भएको छ । जनसंगठन तर्फको अलग्गै मापदण्ड तोकिएको थियो । अनेरास्ववियू, अनेमसंघ, युवासंघ, अनेकिमहासंघ, मुक्ति समाज, जिफन्ट र पेशागत महासंघबाट कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड अनुसार प्रतिनिधि छनौट भएका छन् । राजसाँमहासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, नेपाल बुद्धिजिवी परिषद, प्रगतिशील पेशागत कानून ब्यवशायी संगठन, नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा शैनिक संगठन, नेपाल राष्टिय उद्योग ब्यवशाय महासंघ, आदीवासी जनजाति महासंघ, मानव अधिकार यलाएन्स, राष्टिय स्वास्थ्यकर्मी संघ र प्रगतिशील ईन्जिनियर्स यसोसिएसनका जिल्ला कमिटीबाट कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित भएका छन् । त्यस्तै जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु प्रतिनिधी रहनेछन् भने जिल्ला निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार परिषदबाट छनोट हुने १५ जना प्रतिनिधीहरु, पार्टीको जिल्ला तहका प्रत्येक विभागबाट १ जनाका दरले प्रतिनिधि रहनेछन् । प्रतिनिधी बाहेकका जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु पर्यवेक्षक रहनेछन् । काभ्रे काठमाण्डौ सम्पर्क मञ्चबाट प्रत्येक प्रदेश सभा क्षेत्रबाट ४ जनाका दरले १६ जना पर्यवेक्षकको ब्यवस्था गरिएको छ ।

अधिवेशनका लागि मुल व्यवस्थापन कमिटिले सबै तयारी अगाडी बढाएको संयोजक एवम् पाटि अध्यक्ष अशोक व्याञ्जुले बताउँनुभयो । उहाँका अन्ुसार सबै समितीहरुले आवश्यक काम र आफ्नो दायित्व अनुसार काम थालेको बताउँनु भयो । सबै तह तथा जनसंगठनहरुबाट प्रतिनिधीहरु छनोट हुने काम भैरहेको छ । प्रचार प्रसार , जनपरिचालन, आर्थिक व्यवस्थानप राजनीतिक तथा आर्थिक प्रतिवेदन को काम पनि अगाडी बढेको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला