काभ्रे । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेसनबाट काभ्रे पलाञ्चोक जिल्लाबाट तिन जना महिला सहित २३६ जना केन्द्रीय समिति सदस्यहरुको नाम प्रस्ताव गरिएको छ ।
केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको आठौँ दिन आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका समितिमा काभ्रेबाट रुकु चौलगाईं, मिना तामाङ र कमला दोङ सर्वसम्मत निर्वाचित भएका हुन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन् ।
माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।
सर्वम्मतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गरेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गरेको प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ । बाँकी रहेका सदस्यहरु पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने अध्यक्ष प्रचण्डले बताए ।
अब सोही कमिटी भित्रबाट पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ । प्रचण्डले सोमबार पदाधिकारी बैठक बसेर नयाँ अध्यक्ष र महासचिवसहित १५ जना पदाधिकारी टुङ्गो लगाउने बताएसँगै आजका सबै कार्यक्रम स्थगित भएका छन्।
खुलातर्फ
खगराज भट्ट, माधव सापकोटा, युवराज दुलाल, लेखनाथ न्यौपाने, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल शर्मा, सन्तु दराई, कृष्ण सापकोटा, धर्मदत्त देवकोटा, मुक्ति प्रधान, गोपाल ठाकुर, जोखबहादुर बर्बरिया, राजु खड्का, प्रकाश पोखरेल, भरतकुमार शाह, अशोक मण्डल, युवराज भट्टराई, अजयशंकर नायक, ईश्वरी भट्टराई, सुनील मानन्धर, हरिबोल गजुरेल, प्रचण्ड, सुदन किराती, किरण राई, हेमराज भण्डारी, वामदेव क्षेत्री, कृष्णबहादुर महरा, रामकुमार शर्मा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी तिलक शर्मा, शुकबहादुर रोका, डोरप्रसाद उपाध्याय, कुलप्रसाद केसी, गणेशमान पुन, गजेन्द्र महत, महेन्द्र बहादुर शाही, रामदीप आचार्य। रामकुमार शर्मा, शक्तिबहादुर बस्नेत, टेकबहाुदर बस्नेत, जनार्दन शर्मा, कालीबहादुर मल्ल, कृष्ण्ध्वज खड्का, वर्षमान पुन, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, डिलाराम आचार्य, लिलामणि पोखरेल, सुरेश कुमार आले मगर, हितराज पाण्डे, हितबहादुर तामाङ, दिनानाथ शर्मा, पम्फा भुसाल, देव गुरुङ, अमर गुरुङ, देवेन्द्र पौडेल, पूर्णकुमारी सुवेदी, महेन्द्र पासवान, गोपी अछामी, श्रीराम ढकाल ।
दलिततर्फ
विष्णु बहादुर बिक, जगत पार्की, सुवोध श्रीपाइली, पार्वती बिक, अञ्जना विशञ्खे, गीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा बिक, सीता गहतराज, पम्फा बसेल ।
खस आर्यतर्फ (पुरुष, महिला र युवा)
नारायण दाहाल, सूर्य सुवेदी, धीरेन्द्र शर्मा बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवेन्द्र पराजुली, हरिराज अधिकारी, विजय भण्डारी, दुर्गा चापागाईँ, दानबहादुर सोडारी, यशोदा न्यौपाने, विमल सिंह, दीपा सिंखडा, गीता सुवेदी, कृष्ण शाही, अम्बिका बुढाथोकी, गोमा कुँवर, रुकु चौलागाईं, रुक्मिणी गौतम, हरिमाया शर्मा, आशा कोइराला, सीता पोख्रेल, कल्पना धमला, गंगा बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशीला चापागाईँ, नारायणी शर्मा, बलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पहाडी, समिता कार्की, सुशीला सिंखडा, दीपा सिंखडा, ज्ञानु बस्नेत, लक्ष्मी न्यौपाने, मञ्जु बम ।
थारुतर्फ(पुरुष,महिला र युवा)
शन्तकुमार चौधरी, एकनारायण चौधरी, रुपा चौधरी, अञ्जना चौध्री, अञ्जु चौधरी, दीपा चौधरी, कृष्ण चौधरी, रामकुमारी चौधरी।
आदिवासी जनजातितर्फ (पुरुष, महिला र युवा)
जनजातितर्फ ११ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । यस क्षेत्रमा अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दीलिप प्रजापति र छक्कबहादुर लामा रहेका छन् ।
त्यस्तै चार जनजाति युवा केन्द्रिय सदस्य भएका छन् । इन्द्रबहादुर आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर र नविन जिरेल सो पदमा निर्वाचित भएका हुन्। जनजाति महिलातर्फ २२ जना केन्द्रिय सदस्य निर्वाचित हुनुभएको छ । अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन र माया बल केन्द्रिय सदस्य भएका छन् ।
त्यसैगरी जनजाति युवा महिलातर्फ विना मगर, आर तामाङ, ममता ताजपुरिया र कमला दोङ निर्वाचित भएका छन् ।
मधेसीतर्फ
रामकुमार यादव, उपेन्द्र मेहता, बोधमाया कुमारी यादव, सुनीताकुमारी महतो
अपाङ्गतर्फ
चूडामणि खड्का, घनश्याम यादव, चम्पा कार्की
मुस्लिमतर्फ
हकिकुल्लाह मुसलमान, अरु पछि चयन हुन बाँकी ।





















