विभिन्न व्यवसायीहरुलाई धम्क्याउँदै रकम असुल गर्दैै गुण्डागर्दी गर्ने काभ्रेका २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनीहरुलाई विहिबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं. ५ चौकोट घर भएका ३२ बर्षीय ‘ज्वाला’ भनिने कृष्णराम महत र खानिखोला गाउँपालिका वडा वडा नम्बर नं. ७ बस्ने बर्ष २८ को ‘मम’ भनिने दिनेश गोले रहेका छन् ।
महतले पनौती, धुलिखेल, बनेपा एरियाहरुमा संचालित बभिन्न उद्योगी व्यवसायीहरुलाई गुण्डागर्दीशैलिमा धम्क्याउने, कुटपिट गर्ने लगायतका कार्यहरुमा संलग्न रहेको प्रहरीले जनाएको छ । त्यसैगरी गोलेले पनौती बजार वडा यरियाहरुमा गुण्डागर्दीशैलिमा बिभिन्न किसिमका धाक धम्की दिदै, स्थानियहरुको दैनिक काम काजमा अबरोध पुर्याउने गरेको भन्ने कसूरमा पक्राउ परेका हुन् ।
उनीहरु दुबै जनालाई ‘मुलुकी अपराध संहिता–२०७४’ को परिच्छेद–५ को सार्बजनिक हित स्वास्थ्य सुरक्षा सुबिधा र नैतिकता बिरुद्ध सम्बन्धी कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















