चितवन जिल्लाको भरतपुर महानगरपालिका–२४ अमृत चोक बस्न २८ वर्षिय सुदिप मोक्तानलाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

लेनदेनको विषयमा झगडा हुँदा सुदिपले सन्तोषलाई उक्त चोकमा चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फूलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका सन्तोषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला