नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनबाट अशोक व्यञ्जु निर्विरोध निर्वाचित भएका छन् । शुक्रबारबाट शुरु भएको अधिवेशनको बन्दसत्रबाट व्यञ्जु निर्विरोध निर्वाचित भएका हुन् ।

धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका व्यञ्जु नेकपा विभाजन हुँदा तत्कालिन समयमा केपी शर्मा ओली पक्षबाट अध्यक्ष मनोनित गरेको थिया । एमाले विभाजनपछि पनि साविक अध्यक्ष टोपबहादुर वाइवा नेकपा एसतर्फ लागेपछि उनी नै अध्यक्ष थिए ।

त्यसैगरी माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश भएकी रिता ढकाल पनि उपसचिव पदमा निर्विरोध चयन भएकी छन् ।

दुई पदमा सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचन हुने जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।