वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले जनतालाई झुक्याउने गरेको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी धुलिखेल नगरपालिका वडा नम्बर ९ को वडा भेलालाई शनिबार सम्बोधन गर्दै सांसल लम्सालले यस्तो आरोप लगाएका हुन् ।
‘विकासको मूल फुटायौँ भन्दै कतिञ्जेल भ्रम छरेर जनतालाई झुक्याउने ? विकासको नभइ भ्रष्टाचारको मुल फुटाएको छ ।’ लम्सालले भने, ‘जनतालाई यस्तो भ्रम नर्छन गोकुल बाँस्कोटालाई चेतावनी दिन चाहन्छु ।’
यस अघि बाँस्कोटाले एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै आफू र आफ्नो पार्टीले काभ्रे जिल्लामा विकासको मूल फुटाएको दावी गरेका थिए । उनको यो दावीलाई लम्सालले अस्वीकार गर्दै भ्रममा नपर्न जनतालाई अनुरोध समेत गरे ।
‘काभ्रेमा कहाँ कति विकास भयो भन्ने कुरमा जनतालाई राम्रोसँग थाहा छ ।’ सांसद लम्सालले भने, ‘जनता माझ हावादारी कुरा गरेर विकास निर्माण हुँदैन । त्यसका लागि काम गर्नुपर्छ । त्यसकारण त्यस्ता झुटा भ्रममा नपर्न म सम्पूर्ण जनतालाई अनुरोध गर्न चाहन्छु ।’
जिल्लामा बाँस्कोटाले विकासको छाप नभइ भ्रष्टाचारको छाप लगाएका सांसद लम्सालले बताएका छन् । ‘काभ्रे जिल्ला भन्ने बित्तिकै यहाँका नेता भ्रष्टाचारमा मुछिएका छन् भनेर भनिन्छ ।’ उनले भने, ‘अहिले त्यहि भ्रष्टचारको दुर्गन्धमा छौँ । उनकै कारण अन्त जाँदा हाम्रो शिर झुकेको छ । सिँगो जिल्लाले कयौँ वर्षसम्म यहि दाग भेटाउन समय खर्च गर्नुपर्ने हुन्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















