रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा न ३ हिलेदेबी आरुखर्कमा रहेको शेरापलिङ अध्ययन केन्द्र गुम्बामा अध्ययनरत बालबालिकालाइ जाडोको न्यानो कपडा हस्तान्तरण गरेको छ । विद्यार्थीहरुलाई शुक्रबार शैलुङ इन्टरनेशनल एजुकेशन प्रा.लि भक्तपुरको प्रबन्ध निर्देशक हिरालाल तामाङले आफ्नो जन्म दिनको अबसरमा न्यानो कपडा वितरण गरेका हुन् ।

अध्ययन केन्द्रमा बिगत लामो समय देखि आर्थिक अबस्था कमजोर भै बिधालय भर्ना हुन नसकेका बालबालिकालाई केन्द्रले अभिभावकको भुमिका निर्बाह गर्दै पठनपाठनमा सहयोग गर्दै आएको छ । प्रबन्ध निर्देशक तामाङले अध्ययन केन्द्रले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा आफूले पनि केही सहयोग गर्ने प्रतिबद्धता जनाए । आफूले पनि सहयोग गर्ने मौका पाएकोमा खुसी ब्यक्त गर्दै तामाङले अध्ययनरत बालबालिकाको आउने दिनहरुमा उज्वल भबिश्यको निन्ती शुभकामना समेत ब्यक्त गरेको थियो ।

वितरण कार्यक्रममा अध्ययन केन्द्रको अध्यक्ष सरस्वती लामा, सन्चालक समितीको अगुवाइ आले लामा, समाजसेबी हस्त मोक्तान, ने क पा माओबादी केन्द्र हिलेदेबीको उपाध्यक्ष राज जोशी र अध्ययन केन्द्रका प्रधानाध्यापक जित मोक्तान, शैलुङ एजुकेसन भक्तपुर मा जापानीज भाषा अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेका थियो ।

यसरी आफ्नो जन्मदिनमा बालबालिकालाई न्यानो कपडा बितरण गरेकोमा गुम्बाको तर्फबाट आले लामाले हिरालाल तामाङलाई धन्यवाद दिएका थिए ।

सामाजिक अभियान्ताहरुको सहयोगबाट सन्चालन मा रहेको यस गुम्बामा हाल ३३ जना बालबालिका अध्ययनरत छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।