काभ्रे जिल्लाको पनौती नगरपालिकामा लाग्दै आएको १२ बर्षे मकर मेला अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । मकर मेला मुल ब्यवस्थापन समितिको सचिवालयले एक सूचना जारी गर्दै काभ्रेमा कोरोना भाइरस संक्रम बढ्दै गएपछि स्थगित गरिएको जनाएको छ ।

‘जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट मिति २०७८।०९।२७ मा जारी आदेशानुसार विश्वब्यापी रूपमा फैलिरहेको नोबेल कोराना भाईरस संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि २०७८ साल माघ महिना भर यस पनौती नगरपालिका क्षेत्रको त्रिवेणी घाटमा १२ बर्षे मकर मेला संचालन हुने मेलामा २५ जना भन्दा कम र भिडभाड नहुने गरि स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाई भक्तजनहरूले मकर स्नान मात्र गर्न गराउने सक्ने र अन्य मेला सम्बन्धी सबै कार्यक्रम अर्को सूचना नभएसम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।

Comments

comments