नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, नेपाल काभ्रेको अध्यक्षमा भुवन रायमाझी निर्विरोध निर्वाचित भएका छन् । चौतारीको ७ औं जिल्ल अधिवेशबाट रायमाझीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अघिल्लो कार्यकालको समेत नेतृत्व गरेको उनले यो पटक पनि नेतृत्व गर्न पुगेका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा रामसुन्दर आचार्य, महिला उपाध्यक्षमा सरिता सापकोटा, सचिवमा जगतमान बल, सह–सचिवमा अरबिन्द्र गौतम, सह–सचिव (समावेशी)मा चित्र तामाङ, कोषाध्यक्षमा काजल तामाङ सदस्यहरुमा विकास तिमल्सिना, मणिराम दाहाल, अनिष पोखरेल, नवराज ढकाल, रञ्जित बोहोरा, कपिल कुमार दनुवार, सुशीलराज गिरी, बालकृष्ण बजगाई, शिशिर लामा र प्रदिप भण्डारी निर्विरोध चयन भएका छन् ।
अधिवेशनको एमाले पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले उद्घाटन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















