काभ्रे जिल्लको चौरीदेउराली गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु नियमित रुपमा संचालन गर्न निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले सबै विद्यालयहरुलाई बुधबार एक पत्र जारी गर्र्दै यस्तो निर्देशन दिएको हो ।

कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति अनुसार विद्यालयहरु बन्द गर्ने र बैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्नु भनिएता पनि गाउँपालिकामा बैकल्पिक विधिबाट सिकाइ सहकजीकरण प्रभावकारी नदेखिएको हुँदा विद्यालय निरन्तर खोल्न निर्देशन दिएको लामाद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

‘प्रस्तुत विषयका सम्बन्धमा कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको विज्ञप्ति अनुसार मिति २०७८।०९।२७ गतेदेखि २०७८।१०।१५ गतेसम्म विद्यालयहरु बन्द गर्ने र बैकल्पिक विधिबाट सिकाइ सहजीकरण गर्नु भनिएता पनि यस गाउँपालिकामा बैकल्पिक विधिबाट सिकाइ सहकजीकरण प्रभावकारी नदेखिएको हुँदा सहज परिस्थितिमा स्वास्थ्य सुरक्षका सम्पूर्ण मापदण्ड पालना गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि नियमित रुपमा विद्यालय सञ्चालन गर्नुहुन अनुराध छ ।’ पत्रमा भनिएको छ ।

काभ्रेका विभिन्न स्थानीय तहले भने विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।