काभ्रे जिल्ला चौंरीदेउराली गाउँपालिकाका सबै विद्यालयहरु आइतबार (भोलि)देखि बन्द हुने भएको छ । कोभिड–१९ संक्रमण तिब्रगतिमा भएपछि माघ २ (भोलि)देखि माघ १५ गतेसम्म विद्यालय बन्द हुने भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले एक सूचना जारी गर्दै सबै विद्यालयहरुलाई विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । वैकल्पिक विधिबाट सिकाइ सहजीकरणको प्रबन्ध गर्न लामाले सूचनामा भनिएको छ ।
‘कोभिड–१९ संक्रमणको कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट जारी विज्ञप्ति अनुसार मितिः२०७८/०९/२७ देखि मितिः२०७८/१०/१५ सम्म विद्यालय विदा दिई बैकल्पिक विधिवाट सिकाइ सहजिकरण गर्ने भनिएता पनि मितिः २०७८/०९/३० गतेसम्म पुर्व निर्धारित कार्यक्रम अनुसार आन्तरिक परीक्षा सञ्चालन हुने भएको हुनाले मिति २०७८/१०/०२ गते देखि मिति २०७८/१०/१५ गते सम्म विद्यालयहरु बन्द गरी वैकल्पिक विधिबाट सिकाइ सहजीकरणको प्रबन्ध गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकासित गरिएको व्यहोरा अनुरोध छ ।’ लामाद्वारा प्रेषित सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















