काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमण नियन्त्रण र रोकथामका लागि नयाँ आदेश जारी गरेका छन् ।

मन्त्रिपरिषदको पुस ३० गतेको बैठकले जारी गरेको आदेशलाई कार्यान्वयन गर्दै तीन वटै जिल्ला प्रशासनले आज मध्यरातदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । जारी आदेशमा भिडभाड हुने गतिविधि संचालनमा रोक लगाएको छ ।

आदेशअनुसार अब सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसलमा एकपटकमा बढीमा २५ जना मात्रै प्रवेश गर्न पाउने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ । त्यस्तै प्रशासनले सरकारले निर्णय गरे अनुसार अब उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाउने र माघ १५ गतेसम्म सिनेमा हल, जिम खाना, फुटलससहित मानिसको भिड हुने सबै कार्यक्रम संचालन गर्न नपाउने निर्णय गरेको छ।

Comments

comments